‘नाडा अटो शो २०२३’ मा बाक्लियो अवलोकनकर्ताको भिड, विद्युतीय सवारीमा झनै चुलियो आकर्षण  « Arthapath.com
२८ भाद्र २०८०, बिहीबार

‘नाडा अटो शो २०२३’ मा बाक्लियो अवलोकनकर्ताको भिड, विद्युतीय सवारीमा झनै चुलियो आकर्षण 



काठमाडौं । ‘नाडा अटो शो २०२३’ को आज तेस्रो दिनमा चलिरहेको छ । तेस्रो दिनसम्म आइपुग्दा आगन्तुकको उल्लेख्य सहभागिता देखिएको छ ।  

गत मङ्गलवारदेखि काठमाडौंको भृकुटीमण्डपमा सञ्चालित उक्त शोमा भ्रमणमा आउने आगन्तुकको सङ्ख्या बाक्लिएको हो । आगामी आइतबार अर्थात् भदौ ३१ गतेसम्म सञ्चालन हुने शोमा अवलोकनकर्ताहरूको चाप बढ्दो क्रममा छ । तेस्रो दिन पनि अवलोकनकर्ताको उत्साहजनक सहभागिता रहेको नाडा अटोमाबाइल्स एसोशिएसन अफ नेपालका महासचिव सुरेन्द्र उप्रेतीले बताए ।

निजी प्रयोजनका लागि उपयुक्त विशेष गरी चार पाङ्ग्रे सवारी, मोटरसाइकल तथा स्कुटरमा अवलोकनकर्ताको उपस्थित बाक्लो छ । उनले भने,–‘नाडा अटो शोमा अवलोकनकर्ताहरूको भिड निकै नै उत्साहजनक भएको छ । प्रदर्शनीलाई बढी जानकारीमूलक, सेवामूलक र ग्राहकमुखी बनाउन अटो सम्बन्धी सेवा सुविधा दिने वित्तीय सेवा, बिक्रीपछिका सेवा एवं इन्सुरेन्सका छुट्टाछुट्टै स्टलहरू छन् । त्यसमा निकै भिडभाड देख्न सकिन्छ ।’

महासचिव उप्रेतीका अनुसार दोस्रो दिनसम्म २० हजार भन्दा बढी अवलोकनकर्ताहरूले अटो शोको भ्रमण गरेका थिए । ‘दैनिक रूपमा अवलोकनकर्ताहरूको चाप बढ्दो छ । दोस्रो दिनसम्म  २० हजार बढीले भ्रमण गरेका छन् । बिहीबार चार बजेसम्म पनि थप १० हजार बढीले भ्रमण गरिसकेका छन् । साँझ ६ बजेसम्म यसको सङ्ख्या अझै बढ्ने छ’– महासचिव केसीले भने । क

विशेष गरी विद्युतीय सवारीहरूको स्टलमा निकै नै भिड देख्न सकिन्छ । पछिल्लो समय विद्युतीय सवारीमा आम मानिसका क्रेज बढ्दो नै छ । नयाँ तथा पुराना विद्युतीय सवारीको बारेमा बुझ्न चाहनेहरूको र हेर्न चाहनेहरूको निकै भिड बढी देख्न सकिन्छ ।

उक्त प्रदर्शनीमा प्रख्यात अन्तर्राष्ट्रिय ब्रान्डका सवारी साधन, लुब्रिकेन्ट, टायर, पार्ट–पूर्जाका साथै राष्ट्रिय ब्रान्डका नदी सामग्री उत्पादक एवं वस्तु तथा सेवा प्रदायकहरूले सहभागिता जनाएका छन् । 

प्रदर्शनीमा १६ वटा ब्रान्डका चार पाङ्ग्रे, २२ वटा ब्रान्डका दुई पाङग्रे, ७ वटा ब्रान्डका नाइट कमर्शियल भेहिकल, ९ वटा वित्तीय संस्था तथा ३० वटा विकेन्ट, टायर प्याटरी पार्टपुर्जा एवं ग्यारेज उपकरण कम्पनीहरूको सहभागिता रहेको छ ।

विशाल प्रदर्शनीमा अवलोकनकर्ताहरूको सुविधालाई विशेष ध्यानमा राखी २– पाङग्रे, ४– पाङग्रे, वित्तीय संस्था, अटो कम्पोनेन्ट्स् एवं ग्यारेज उपकरणहरूको छुट्टा–छुट्टै प्रदर्शन राखिएको छ । उद्घाटन शत्रमा नै अवलोकनकर्ताहरूको उल्लेख्य सहभागिता रहेको थियो ।  शोमा १२० वटा स्टल तथा ब्लकहरू रहेका छन् ।

विशाल प्रदशनीमा विद्युतीय सवारीको आकर्षण देखिएको छ । विद्युतीय सवारीले नै उक्त शोको शोभा बढाएका छन् । अवलोकनकर्ता जता जता विद्युतीय सवारीहरूको स्टल छ त्यतै त्यतै भिड लागेको देखिन्छ । कम्बसन गाडीको तुलनामा विद्युतीय सवारीको चहलपहल बढी देखिन्छ । उक्त शोमा बीवाईडी, एमजी, नेटा र वुलिङले ईभीलाई मात्र प्रदर्शनीमा रहेका छन् ।

‘नाडा अटो शो’ कै अवसरमा सार्वजनिक भएको टाटाको तीन विद्युतीय सवारीमा उत्तिकै क्रेज देखिएको छ । टाटा मोटर्सको नेपालका लागि आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ्ग प्रालिले टाटा टियागो इभी, नेक्सन इभी एक्स जेट प्लस र टाटा पन्च सार्वजनिक गरेको थियो । ती गाडीहरुमामा निकै भिड देखिन्छ । टाटका दुई विद्युतीय सवारीले अटो शोकै रौनकता बढाएका छन् । 

यस्तै, अटो शोमा चौधरी ग्रुपले बिक्री वितरण गर्दै आएको नेटा ब्रान्डका तीन विद्युतीय सवारी प्रदर्शनमा राखिएको छ । सीजी मोटर्सले शोमा नेटा जीटी, नेटा यू र नेटा एस प्रदर्शनीमा राखिएको हो । यी विद्युतीय गाडी हेर्न पनि अवलोकनकर्ताको उत्तिकै चाप देखिन्छ । 

यता,  एमजि गाडीको विद्युतीय सवारीले पनि अटो शोको माहोल तताएका छन् । एमजि गाडीको लागि नेपालको आधिकारिक वितरक एवं आयातकर्ता पारामाउन्ट मोटर्सले एमजि कमेट इभि र एमजि ४ इभि प्रदर्शनीमा राखेको छ । यी गाडीको बारेमा बुझ्ने र हेर्न आउनेको भिड पनि उत्तिकै बाक्लो छ । 

यस्तै, उक्त शोमा बिवाईडीका तीन विद्युतीय सवारी डल्फिन, सिल र एटो थ्रि प्रदर्शनीमा राखिएको छ । ती गाडीले पनि अटो शोको शोभा बढाएका छन् । 

नेपालका लागि बिवाइडी अटो इन्डस्ट्रीको आधिकारिक आयातकर्ता एवम् वितरक साइमेक्स इंकले प्रदर्शनीमा राखेका ती गाडीको बारेमा बुझ्नका लागि निकै भिड लागेको देखिन्छ । बीवाईडीका प्रतिनिधि भन्छन्,–‘बीवाईडीको नयाँ विद्युतीय सवारीमा सर्वसाधारणको निकै चासो देखिएको छ । यसको बारेमा बुझ्न र हेर्न आउनेको सङ्ख्या निकै उत्साहजनक छ ।’

त्यसैगरि नाडा अटो शोमा सेरेस–३ र सेरेस मिनि इभी पनि प्रदर्शनीमा राखिएको छ । एमएडब्लू वृद्धि अटोकर्प प्रालिले सेरेस–३, सेरेस मिनी इभि प्रदर्शनीमा राखेको हो । दुई भेरियन्टमा नेपाल आएको सेरेस–३ कम्फर्ट भेरियन्टको मूल्य ४७ लाख ९९ हजार र प्रिमियम भेरियन्टको मूल्य ४९ लाख ९९ हजार रुपैयाँ निर्धारण गरिएको छ ।

सेरेसले यसमा ९९ किलोवाटको मोटर दिएको छ । साथै, ब्याट्री भने दुवै भेरियन्टमा समान ५२.७ किलोवाट आवर क्षमताको छ । सिङ्गल चार्जमा औसत ३५० किलोमिटर रेन्ज दिने कम्पनीको दाबी छ । यस्तै, मिनी ईभी सेरेस ई वानलाई प्रदर्शनीमा राखिएको छ। यसमा १३ किलोवाट आवरको ब्याट्री दिइएको छ । यो गाडीमा दिइएको ब्याट्रीले सिङ्गल चार्जमा १८० किलोमिटर रेन्ज दिने कम्पनीको दाबी छ । सर्ट रेन्ज भेरिअन्ट गाडीको सुरुवाती मूल्य १३ लाख ९९ हजार निर्धारण गरिएको छ ।

यता, ब्याट्री साइजमा फुल अप्सन ईवानको मूल्य १६ लाख ४९ हजार कायम गरिएको छ । त्यस्तै लङ रेन्ज तर्फ १६ किलोवाट आवरको ब्याट्री, २२० किलोमिटर रेन्ज दिने भेरियन्टको मूल्य १७ लाख ९९ हजार तोकिएको छ । अन्य गाडीको तुलनामा मिनी इभी सेरेस इ वान अन्यको तुलनामा सस्तो भएकाले पनि यसमा थप आकर्षण देखिएको छ । सेरेस र मिनि इभी सेरेसमा पनि अवलोकनकर्ताको रोजाइमा परेको पाइन्छ ।

यस्तै, अटो शोमा चौधरी ग्रुपले बिक्री वितरण गर्दै आएको नेटा ब्रान्डका तीन विद्युतीय सवारी प्रदर्शनमा राखिएको छ । सीजी मोटर्सले शोमा नेटा जीटी, नेटा यू र नेटा एस प्रदर्शनीमा राखिएको हो । यस तर्फ पनि निकै भिड लागेको छ । आगनतुक सीजी मोटर्सका विद्युतीय सवारीको स्टलमा झुम्मिएको पाइन्छ ।

नेटा जीटी प्रिमियम कुप्पे कार हो । विभिन्न ब्याट्री क्षमता र मोटर पावरमा उपलब्ध नेटा जीटी मोडलको टप भेरियन्टले ६६० किलोमिटर रेन्ज दिने कम्पनीको दावी छ । होजोन मोटर्सले यसमा १७० देखि ३४० किलोवाट क्षमताको मोटर र ६२ देखि ७८ किलोवाट आवर क्षमताको ब्याट्री दिएको छ ।

यस्तै, नेटा यू राम्रो र लङ रेन्ज एसयूभी हो । यसमा ८१.७ किलोवाट आवरको लिथियम आयोन ब्याट्री प्रयोग भएको छ । १७२ किलोवाट क्षमताको मोटर जडान भएको नेटा यूले सिंगल चार्जमा ६११ किलोमिटर रेन्ज दिने बताइएको छ ।

यता, नेटा एस प्रिमियम सेडान हो । होजोन मोटर्सले अल ह्वील ड्राइभ सिस्टममा यसलाई ल्याएको छ । यसको संयुक्त पीक पावर ३४४ किलोवाट रहेको छ । नेटा एसमा ९५ किलोवाट आवर क्षमताको लिथियम आयोन ब्याट्री दिइएको छ । उक्त ब्याट्रीले सिंगल चार्जमा ६५० किलोमिटर रेन्ज दिने एनइडीसीले प्रमाणित गरेको छ ।

कम्बसन गाडीको चहलपहल न्यून

विद्युतीय सवारीको तुलनामा पेट्रोलियम कम्बसन गाडीको चहलपहल न्यून देखिएको छ । विद्युतीय सवारीमा बढ्दो आकर्षण देखिएता पनि कम्बसन गाडी त्यति धेरै चहलपहल देखिँदैन । इन्धनबाट सञ्चालन हुने नयाँ गाडीहरू पनि धेरै आएका छैनन् । तुलनात्मक रूपमा कम्बसन गाडीको चहलपहल उत्साहजनक छैन। 

पछिल्लो समय सरकारले पनि विद्युतीय गाडीलाई प्राथमिकतामा राखेको छ । विद्युतीय सवारीलाई प्रोत्साहनका लागि नीति अवलम्बन पनि गरेको छ । जसले इभिप्रति मानिसको चासो पनि बढेको छ । यता, अटो व्यापारमा मुख्य भूमिका हुने बैङ्क तथा वित्तीय संस्थाहरूले पनि धमाधम इभि गाडी केन्द्रित कर्जा स्किमहरू ल्याएका छन्, जसले यसप्रतिको क्रेज बढ्दो नै छ ।

नाडाका एक अधिकारीले भने,–‘विद्युतीय सवारीको तुलनामा पेट्रोलियम कम्बसन गाडीमा अवलोकनकर्ताहरूको रुचि कम देखिएको छ । पहिले पहिले जस्तो उत्साह छैन । विद्युतीय गाडीहरूकै चहलपहल बढी देखिन्छ ।’  बैंकहरुले सस्तो ब्याजदरमै विद्युतीय खरिदका लागि कर्जा दिने योजना अघि सारेका छन् ।


प्रतिक्रिया दिनुहोस्