एलआइसी नेपालका डेपुटी सिइओ वर्णवालको कार्यकाल सकियो, ए. दत्ताले पाए जिम्मेवारी « Arthapath.com
२४ मंसिर २०८०, आईतवार

एलआइसी नेपालका डेपुटी सिइओ वर्णवालको कार्यकाल सकियो, ए. दत्ताले पाए जिम्मेवारी



काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) को नायब प्रमुख कार्यकारी अधिकृत (डेपुटी सिइओ) मा ए. दत्ता नियुक्त भएका छन् । उनी मंसिर १९ गतेदेखि नै लागू हुने गरि कम्पनीको डेपुटी सिईओमा नियुक्ति भएका हुन् ।

निवर्तमान डेपुटी सिईओ टी. वर्णवालाको कार्यकाल पुरा भई भारतको मुम्बई सरुवा भएपछि दत्तालाई एलआइसी अफ इण्डियाले चयन गरि पठाएको हो ।

हाल नियुक्ति भएका दत्ता एलआईसी अफ इण्डियाको कोलकाता स्थित डिभिजनमा माइक्रो, बैंकास्योरेन्स एण्ड अल्टरनेट च्यानलको चिफ म्यानेजर रहेको थिए । नवनियुक्त डेपुटी सिईओ दत्ताले गणितमा स्नातक तथा एशोसिएट एक्चुअरीको शैक्षिक योग्यता प्राप्त गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्