प्रभु इन्स्योरेन्सको सिइओमा बज्राचार्यलाई निरन्तरता,  बीमा क्षेत्रमा दुई दशकको अनुभव « Arthapath.com
२२ पुष २०८०, आईतवार

प्रभु इन्स्योरेन्सको सिइओमा बज्राचार्यलाई निरन्तरता,  बीमा क्षेत्रमा दुई दशकको अनुभव



काठमाडौं । प्रभु इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा सन्चित बज्राचार्य नियुक्ति भएका छन् । आगामी चार वर्षको कार्यकालका लागि कम्पनीको सिइओमा बज्राचार्यलाई नै निरन्तरता दिइएको हो ।

आगामी माघ १ गतेदेखि लागू हुनेगरि उनी सिइओमा पुन: नियुक्ति भएका हुन् । कम्पनी संचालक समितिको ४३०औं बैठकले बज्राचार्यलाई चार वर्षका लागि सिइओ बनाउने निर्णय गरेको हो । उनले बीमा क्षेत्रत्रमा करिब २ दशक बिताएका छन् ।

उनीसँग सरकार तथा गैरसरकारी संघ/संस्थाहरुसहित ३० वर्ष बढीको कार्य अनुभव छ । त्रिभुवन बिश्वबिद्यालयबाट एमबिए गरेका उनी बीमा तथा आर्थिक क्षेत्रको दक्ष मानिन्छन् ।


प्रतिक्रिया दिनुहोस्