अधिकारीको नेतृत्वमा यस्तो बन्यो नेपाल लाइफको अभिकर्ता संघको नयाँ कार्यसमिति « Arthapath.com
२२ पुष २०८०, आईतवार

अधिकारीको नेतृत्वमा यस्तो बन्यो नेपाल लाइफको अभिकर्ता संघको नयाँ कार्यसमिति



काठमाडौं । पेशागत अभिकता बीमा संघ नेपाल, बीमक समिति नेपाल लाइफ इन्स्योरेन्सको नयाँ नेतृत्व चयन भएको छ।

शनिबार राजधानीमा सम्पन्न समितिको विशेष अधिवेशनले गणेश अधिकारीको अध्यक्षमा ३२ सदस्यीय कार्यसमितिको चयन गरेको हो । अध्यक्ष अधिकारी निर्विरोध चयन भएका हुन् ।

समितिको बरिष्ठ उपाध्यक्षमा बद्रीनाथ ढकाललाई चयन गरेको छ । समितिको उपाध्यक्षमा सात जना चयन गरिएको छ । उपाध्यक्षमा ओम प्रसाद ओली, किशोर राउत कमकर, रामचन्द्र बञ्जाडे, रामशरण पोखरेल, रेशम सिंह ठकुरी, जुहारीलाल चौलागई, देवी प्रसाद जैसी सर्वसम्मत निर्वाचित भएका हुन् ।

यस्तै, सचिवमा तेजमणी शर्मा, सहसचिवमा यदुनन्द भण्डारी र गीता कार्की काफ्ले, कोषाध्यक्षमा बिमला ढकाल र सहकोषाध्यक्षमा लिला अधिकारी चयन भएका हुन् ।

यी हुन कार्यसमिति सदस्यहरू:
नरेन्द्र संग्रौला,
सन्तोष शर्मा,
रामबहादुर ओली,
दामोदर सापकोटा,
जानकी बोहरा विष्ट,
नरेन्द्र प्रसाद जोशी,
राजुकुमार शर्मा,
कमल प्रसाद सुवेदी,
कृष्ण बहादुररिमाल,
शान्ता पाण्डे,
सुरोज सिवाकोटी,
मोहन सुन्दास,
महानन्द सिटौला,
गोविन्द प्रसाद भट्टराई,
अनिता राई,
झविन्द्र भट्टराई
तारा दाहाल अधिकारी


प्रतिक्रिया दिनुहोस्