यी हुन् सर्वाधिक रेमिट्यान्स भित्र्याउने बैंक तथा कम्पनी, कसको कति योगदान ? « Arthapath.com
१४ बैशाख २०८१, शुक्रबार

यी हुन् सर्वाधिक रेमिट्यान्स भित्र्याउने बैंक तथा कम्पनी, कसको कति योगदान ?



काठमाडौं । नेपाल राष्ट्र बैंकले नेपालमा सबैभन्दा धेरै रेमिट्यान्स भित्र्याउने बैंक तथा वित्तीय संस्था र रेमिट्यान्स कम्पनीलाई सम्मान गरेको छ ।

गत आर्थिक वर्ष २०७९/८० मा सर्वाधिक रेमिट्यान्स भित्र्याउने तीन वटा बैंक र तीन वटा रेमिट्यान्स कम्पनीलाई राष्ट्र बैंकले सम्मान गरेको हो ।

केन्द्रिय बैंकले आफ्नाे ६९औं वार्षिकोत्सवको अवसर पारेर गत वर्ष सर्वाधिक रेमिट्यान्स भित्र्याउने ग्लोबल आइएमई बैंक, हिमालयन बैंक र नेपाल एसबिआई बैंकलाई सम्मान गरेको हो । यीमध्ये सबैभन्दा धेरै ग्लोलब आइएमई बैंकको छ ।

बैंकको हिस्सा २१.१ प्रतिशत छ । दोस्रो स्थानमा रहेको हिमालयन बैंकको २०.०६ प्रतिशत र नेपाल एसबिआईको १९.१ प्रतिशत रहेको छ ।

राष्ट्र बैंकले आइएमई, इसेवा मनी ट्रान्सफर सिटि एक्सप्रेस मनी ट्रान्सफरलाई पनि सर्वाधिक रेमिट्यान्स भित्र्याएको भन्दै सम्मान गरेको छ ।

रेमिट्यान्स कम्पनी तर्फ भने आइएमई लिमिटेडको सर्वाधिक रहेको छ । आइएमईको हिस्सा २७.५ प्रतिशत छ । यस्तै, इसेवा मनी ट्रान्सफर मार्फत २१.१ प्रतिशत र सिटि मनी ट्रान्सफर मार्फत १४.९ प्रतिशत रेमिट्यान्स भित्रिएको थियो ।


प्रतिक्रिया दिनुहोस्