हिमालयन एभरेष्ट इन्योरेन्सको सीइओमा श्रेष्ठ « Arthapath.com
३० भाद्र २०८१, आईतवार

हिमालयन एभरेष्ट इन्योरेन्सको सीइओमा श्रेष्ठ



काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा अन्जु श्रेष्ठ नियुक्ति भएकी छन् ।

कम्पनीको भदौ २७ गते बिहीबार बसेको संचालक समितिको बैठकले श्रेष्ठलाई सीइओमा नियुक्ति गरेको हो । उनी यसअघि नायब प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत थिइन् ।

तत्कालिन सीइओ बिजय बहादुर शाहले पदबाट राजिनामा दिएपछि श्रेष्ठलाई निमित्त सीइओको जिम्मेवारी दिइएको थियो ।

नेपाल बीमा प्राधिकरणले स्वीकृति दिएपछि श्रेष्ठ सीइओ बनेकी हुन् । उनको कार्यकाल चार वर्षको हुनेछ । आगामी असोज १८ गतेदेखि लागू हुने कम्पनीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्