कामना सेवा विकास बैंकको स्वतन्त्र संचालक घिमिरेको कार्यकाल सकियो

काठमाडौं । कामना सेवा विकास बैंकको स्वतन्त्र संचालक सीता घिमिरेको कार्यकाल सकिएको छ ।
२०७७ भदौ २९ गते बसेको बैंक संचालक समितिको बैठकले स्वतन्त्र संचालकमा घिमिरेलाई नियुक्ति गरेको थियो । उनको कार्यकाल २०७७ भदौ ३० गतेदेखि लागू भएको थियो । उनको चार वर्षे कार्यकाल सकिएको बैंकले जनाएको छ।