शिवम् होल्डिङ्सले घोषणा गर्यो लाभांश, पारित गर्न डाक्यो साधारण सभा

काठमाडौं । शिवम् होल्डिङ्स लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनी गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीलाई साढे दुई प्रतिशत लाभांश दिने भएको हो ।
असोज ४ गते बसेको संचालक समितिको बैठकले २.५० प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । उक्त प्रस्तावित लाभांश पारित गर्न कम्पनीले आगामी असोज ३० गते साधारण सभा बोलाएको छ ।
सभामा गत आवको सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल हुनेछ । चालु आव २०८१–८२ का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण लगायतका एजेन्डा पारित हुनेछ ।