युनाईटेड अजोडको सीइओ गौतम, आजैदेखि सम्हाले कार्यभार
काठमाडौं । युनाईटेड अजोड इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा कमल गौतम नियुक्ति भएका छन् ।
म्पनीको गत मंसिर १८ गते बसेको संचालक समितिको बैठकले गौतमलाई सीइओमा नियुक्ति गर्ने निर्णय गरेको हो । उनले आजै अर्थात् मंसिर २६ गतेदेखि कार्यभार समेत सम्हालेका छन् ।
कम्पनीले गत कात्तिक ८ गते कम्पनीको सीइओ श्रवणकुमार रावलको हृदयघातका कारण निधन भएको थियो । त्यसपश्चात कम्पनीमा सीइओ पद रिक्त रहेको थियो ।