नेपाल एसबिआई बैंकको सीइओमा तिवारी, एसबिआई भारत फिर्ता भए दिपक कुमार « Arthapath.com
३ माघ २०८१, बिहीबार

नेपाल एसबिआई बैंकको सीइओमा तिवारी, एसबिआई भारत फिर्ता भए दिपक कुमार



काठमाडौं । नेपाल एसबिआई बैंकको प्रबन्धक संचालक तथा प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा जिम्मेवारी राम कुमार तिवारीले सम्हालेका छन् ।

उनले आजै अर्थात् माघ ३ गतेदेखि सीइओको जिम्मेवारी सम्हालेका हुन् ।

यसअघि बैंक तथा भारतीय स्टेट बैंकबीचको प्राविधिक सेवा सम्झौता बमोजिम प्रबन्धक संचालक तथा सीइओमा दिपक कुमार दे रहेका थिए । उनी एसबिआईमा उच्च जिम्मेवारी सम्हाल्ने गरि माघ २ गतेदेखि बैंकको कार्यभारबाट मुक्त भएका छन् ।

गत मंसिर १८ गते बसेको बैंक संचालक समितिको बैठकले तिवारीलाई सीइओमा नियुक्ति गर्ने निर्णय गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्