प्योर इनर्जीको कम्पनी सचिव तथा परिपालन अधिकृतको जिम्मेवारी अमात्यलाई

काठमाडौं । प्योर इनर्जी लिमिटेडको कम्पनी सचिव तथा परिपालन अधिकृतको जिम्मेवारी उन्नती अमात्यलाई प्रदान गरिएको छ ।
कम्पनी संचालक समितिको बैठकले काठमाडौं महानगरपालिका–२५ की अमात्यलाई कम्पनी सचिव तथा परिपालन अधिकृतको जिम्मेवारी दिएको हो ।
उनी कम्पनी सचिवत तथा सूचीकृत संगठित संस्थाहरुको संस्थागत सुशासन सम्वन्धी निर्देशिका, २०७४ को दफा २० बमोजिम नियुक्ति भएकी हुन् ।