शिव श्री हाइड्रोपावरको साधारण सभा आज

काठमाडौं । आइतबार शिव श्री हाइड्रोपावर लिमिटेडको वार्षिक साधारण सभा बस्दैछ ।
सभाले गत आर्थिक वर्ष २०८०–८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गरि पारित गर्नेछ ।
सोही सभाबाट चालु आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण हुनेछ ।
यसका साथै नयाँ सञ्चालक नियुक्त गर्नेछ । सभा प्रयोजनार्थ कम्पनीले जेठ ३० गते बुक क्लोज गरेको थियो ।