बेष्ट फाइनान्सको अध्यक्षमा गौतम, नयाँ संचालकमा को-को ? « Arthapath.com
१९ असार २०८२, बिहीबार

बेष्ट फाइनान्सको अध्यक्षमा गौतम, नयाँ संचालकमा को-को ?



काठमाडौं । बेष्ट फाइनान्स कम्पनी लिमिटेडको संचालक समिति गठन गरिएको छ । कम्पनीको अध्यक्षमा प्रा.डा. रामजी गौतम चयन भएका छन् ।

असार १९ गते बिहान बसेको संचालक समितिको बैठकबाट गौतमको नेतृत्वमा नयाँ संचालक समिति गठन गरिएको हो ।

कम्पनीको संचालकमा संस्थापक समूहको तर्फबाट सुशिला खनाल र रामचन्द्र देवकोटा र सर्वसाधारणको तर्फबाट खिमलाल पौडयाल, विष्णु प्रसाद ज्ञवाली र रामलाल श्रेष्ठ चयन भएका छन् ।

यता, वौद्धराज अर्याल भने स्वतन्त्र संचालकमा नियुक्ति भएका छन् ।


प्रतिक्रिया दिनुहोस्