बाँदरशैलीमा मानिसले पशुपतिनाथका फूल चुँडे « Arthapath.com
१० फाल्गुन २०७६, शनिबार

बाँदरशैलीमा मानिसले पशुपतिनाथका फूल चुँडे



काठमाडौं । महाशिवरात्रिको दिन फूलैफूलले सजिएको पशुपतिनाथ मन्दिर परिसर दोस्रो दिन उजाड बनाए । लाखौं रुपैयाँ खर्चिएर किनिएका रंगीचंगी फूलबाट पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथ मन्दिर र त्यस वरपरका स्थान आकर्षक तरिकाले सजाएको थियो ।

शनिबार बिहान पशुपतिनाथ मन्दिरमा पुग्दा पशुपतिनाथ रंगहीन देखियो । मुख्य गेटबाट पनि फूलका थुँगा झिकिएका छन । राता–सेता गुलाब केही बाँकै छैन । शनिबार बिहान पशुपतिनाथ पुग्दा पनि मानिसहरुले फूल चुँडिरहेका थिए ।

कतिपय मानिसहरू माथि–माथि आकासमा फूलका पत्रहरु फाल्दै रमाइलो गरिरहेका थिए । पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथलाई फूलैफूलले सजाउन झण्डै दुई करोड रुपैयाँ खर्च गरेको थियो । फूलहरु थाइल्याण्ड, अष्ट्रेलिया, भारत लगायतका देशबाट ल्याइएको थियो । केही फूल भने भारतले निःशुल्क सहयोग गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्