प्रधानमन्त्री ओलीको ‘भिजन टु एक्सन’ किताब सार्वजनिक « Arthapath.com
१० फाल्गुन २०७६, शनिबार

प्रधानमन्त्री ओलीको ‘भिजन टु एक्सन’ किताब सार्वजनिक



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको ‘भिजन टु एक्सन’ किताब सार्वजनिक गरिएको छ । राष्ट्रकवि माधवप्रसाद घिमिरे र संस्कृतिविद् सत्यमोहन जोशीले शनिबार उक्त किताब विमोचन गरेका हुन् । प्रधानमन्त्री ओलीले आफ्नो ६९ औं जन्मदिनको अबसरमा उक्त किताव सार्वजनिक गरेका हुन् ।

२ सय ४० पृष्ठको उक्त किताबमा प्रधानमन्त्री ओलीले विकास र समृद्धिबारे आफ्ना दृष्टिकोणहरू समावेश गरेका छन् । शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको उक्त किताब विमोचन कार्यक्रममा प्रधानमन्त्रीका बुवा पनि उपस्थित थिए । किताब सार्वजनिक समारोहमा प्रधानमन्त्री ओलीले कृषिजन्य उत्पादन बृद्धिका लागि सरकारले काम गरिरहेको बताए ।

काम गर्न सक्ने युवा शक्ति देशमा भएको भन्दै प्रधानमन्त्री ओलीले दृष्टिकोण र प्रभावकारी ढंगले काम गर्नुपर्ने आवश्यकता भने चाहिएको बताए । छिमेकी देशसँग संतुलन राखिएको उनले बताए । ‘सूर्य, पृथ्वी र चन्द्रमा संतुलनमै घुमिरहेको छ,’ उनले भने, ‘दुनियाँ संतुलनका साथ चलिरहेको छ। दुई छिमेकीसँग संतुलन सम्बन्ध राख्छौं ।’


प्रतिक्रिया दिनुहोस्