प्रहरीको भ्यानलाई ट्रकले ठक्कर दिँदा ४ असई घाईते « Arthapath.com
११ फाल्गुन २०७६, आईतवार

प्रहरीको भ्यानलाई ट्रकले ठक्कर दिँदा ४ असई घाईते



काठमाडौं । मानसिक सन्तुलन गुमाएकी एक महिलालाई जोगाउने क्रममा रौतहटमा प्रहरीको भ्यानलाई टिप्परले ठक्कर दिएको छ । टिप्पर र भ्यान ठोकिँदा ४ जना असईसहित ६ जना घाइते भएका छन् ।

चपुरबाट बारातर्फ जाँदै गरेको ना १ झ १३३१ नम्बरको प्रहरी भ्यान र विपरित दिशाबाट आइरहेको ना. ६ ख ८६२५ नम्बरको ट्रक पूर्व पश्चिम राजमार्गमा ठोकिएर दुर्घटना भएको रौतहट प्रहरीले जनाएको छ ।

आईतबार बिहान भएको दुर्घटनामा असई मनोज सिंह र गोविन्द यादव गम्भीर घाइते छन् भने उनीहरुको चन्द्रनिगाहपुर अस्पतालमा प्रारम्भिक उपचारपश्चात दुवैजनालाई थप उपचारका लागि काठमाडौं ल्याइँदै छ ।

अर्का असई हृदयनारायण यादवको अनुहारमा चोट लागेको छ । अर्का असई विश्वनाथप्रसाद यादव र भ्यानका चालक सरोजकुमार यादव घाइते भएका छन् । दुर्घटनामा महिलालाई पनि चोट लागेको छ । अन्य घाइते प्रहरीहरू र महिलाको चन्दनिगाहपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ ।


प्रतिक्रिया दिनुहोस्