सुनको मूल्य ८० हजार नजिक, सबै रेकर्ड तोड्यो (कारण के हो ?) « Artha Path
११ फाल्गुन २०७६, आईतवार

सुनको मूल्य ८० हजार नजिक, सबै रेकर्ड तोड्यो (कारण के हो ?)



काठमाडौं । आइतबार सुनको मूल्य ८० हजारको नजिक पुगेको छ । पछिल्लो समय सुनको मूल्यले एकपछि अर्को गर्दै नयाँ कीर्तिमान बनाइरहेको छ । आज छापावाला सुनको मूल्यले ७८ हजार ८ सयमा पुगेर ऐतिहासिक रेकर्ड बनाएको छ ।

शुक्रबार प्रतितोला ७८ हजार १ सय पुगेर नयाँ रर्कड बनाएको सुनको मूल्यले आइतबार एकैदिन ७ सयले बढेर फेरि अर्को रेकर्ड बनाएको हो ।

तेजाबी सुनको मूल्य ७८ हजार ५ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।

आजका लागि चाँदीको मूल्य प्रतितोला ९ सय २० रुपैयाँमा कायम छ । अहिले अन्तर्रा्ष्ट्रिय बजारमै सुनको मूल्य बढेको छ ।

विश्व बजारमा सुनको मूल्य बढ्नुमा शक्तिशाली राष्ट्रबीचको तनावको प्रभावलाई लिइएको छ । पछिल्लो समय अमेरिका, इरान, भारत र उत्तरकोरिया बीचको सम्बन्धले विश्व आर्थिक बजार तातेको छ ।

त्यसैगरी, अमेरिका र चीनबीच व्यापार युद्धले पनि विश्व बजारमा असर गरिरहेको छ ।


प्रतिक्रिया दिनुहोस्