सिटिजन्स बैंकका ग्राहकलाई सिद्धार्थ बिजनेस ग्रुपले छुट दिने « Arthapath.com
११ फाल्गुन २०७६, आईतवार

सिटिजन्स बैंकका ग्राहकलाई सिद्धार्थ बिजनेस ग्रुपले छुट दिने



काठमाडौं । सिटिजन्स बैंक र सिद्धार्थ बिजनेस ग्रुप एण्ड हस्पिटालिटी बिच बिभिन्न सेवा शुल्कमा विशेष छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

सम्झौता पश्चात् सिटिजन्स बैंकका डेबिट÷क्रेडिट÷प्रिभिलेज कार्डवाहकले सिद्धार्थ बिजनेस ग्रुप एण्ड हसपिटालिटीको देशैभरी रहेका होटेल, क्याफे तथा रिसोर्टहरुमा सेवा लिंदा विशेष छुट पाउँनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

सिटिजन्स बैंकले आफ्ना ९३ वटा शाखा, ९० वटा ए.टि.एम. र १०३ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव ५ लाख ग्राहकलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।


प्रतिक्रिया दिनुहोस्