बागलुङमा ११ देशका मूर्तिकारले मूर्ति बनाउँदै « Arthapath.com
११ फाल्गुन २०७६, आईतवार

बागलुङमा ११ देशका मूर्तिकारले मूर्ति बनाउँदै



काठमाडौं । बागलुङमा फागुन ५ गतेबाट सुरू भएको ‘अन्तर्रा्ष्ट्रिय मूर्तिकला कार्यशाला’ अन्तराष्ट्रियस्तरमा ख्यातिप्राप्त मूर्तिकारहरूको भेटघाट भईरहेको छ । ‘गलकोट कला प्रतिष्ठान बागलुङ’ ले आयोजना गरेको कार्यशालामा मूर्तिकारहरूले कार्यस्थलमै बसेर मूर्ति बनाइरहेका छन् । कलाकारले बनाएका यी मूर्ति व्यवस्थित संग्रहालय बनाएर राखिने आयोजकले जनाएको छ ।

गल्कोटको हरिचौर टेउवामा भइरहेको कार्यशाला ३ हजार १ सय १० मिटर उचाइमा पर्छ । यो स्थान सदरमुकाम बागलुङ बजारदेखि ५५ किलोमिटरको दूरीमा छ । कार्यशालामा नेपालबाट मूर्तिकारहरू प्रविणकुमार श्रेष्ठ, ओम खत्री, राजन काफ्ले, बुद्ध चौधरी र राजु पिठाकोटेले भाग लिएका छन् ।

त्यस्तै, अन्तराष्ट्रिय स्तरबाट जुनीचिरो सुगीमोतो (जापान), ल्यू याङ्ग (चीन), बिटिनो फ्रान्सेनी (इटाली), जिवियर गोञ्जालेज (फ्रान्स), लिन लि जेन (ताइवान), जुली ग्लास्पी (क्यानाडा), टुटु पटानायक (भारत), तान्या प्रिमेन्जर (इजरायल), जर्ज लुइज (ब्राजिल) र युक्रेनका मूर्तिकार ल्यूडमाइला माइस्कोले सहभागिता जनाएका छन् । कला प्रतिष्ठानका अध्यक्ष पूर्णबहादुर राणाका अनुसार स्थानीयहरूले प्रतिष्ठानलाई उपलब्ध गराएको जग्गामा मूर्ति बनाइएको हो ।

कार्यशाला सञ्चालनका लागि १ करोड ४१ लाख खर्च लाग्ने छ ।


प्रतिक्रिया दिनुहोस्