प्रधानमन्त्री ओली जन्मघरमा पुगे
![](https://www.arthapath.com/wp-content/uploads/2020/02/KP.jpg)
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो ६९ औँ जन्मोत्सव मनाउन आठराई गाउँपालिका वडा नं ४ इवास्थित आफ्नो जन्मघरमा पुगेका छन् । अपराह्न २ बजे उनी जन्मघर पुगेका हुन् ।
प्रधानमन्त्रीका साथ धर्मपत्नी राधिका शाक्य, पिता मोहनप्रसाद ओली, नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ, सङ्घीय सांसद गणेश विमली लगायत सहभागी भएका छन् । उनले सुकेपोखरी–भदौरै सडकको पनि शिलान्यास गरे । त्यस्तै आठराई–१, सङ्कान्ति बजारमा स्थापना गरिएको नेपाल बैंक लिमिटेडको १७७ औँ शाखाको पनि उनले उद्घाटन गरेका छन् ।