सार्वजनिक माध्यम गुणस्तर र आत्मनिर्भर बन्नुपर्नेः मन्त्री खतिवडा « Arthapath.com
११ फाल्गुन २०७६, आईतवार

सार्वजनिक माध्यम गुणस्तर र आत्मनिर्भर बन्नुपर्नेः मन्त्री खतिवडा



काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी पाएका अर्थमन्त्री डा. युवराज खतिवडाले सरकारी स्रोतबाट सञ्चालित मिडियाका नजरमा सबै पर्नुपर्ने बताएका छन । सरकारी मिडियामा सञ्चारमन्त्रीमात्र प्राथमिकतामा पर्ने भएकाले सरकारका राम्रा कामका वारेमा पनि छाप्नुपर्ने बताए ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज पदभार ग्रहणपछि कर्मचारीहरुलाई निर्देशन दिँदै खतिवडाले सरकारी स्रोतबाट संचालन हुने सार्वजनिक सञ्चारमाध्यमका लागि जनतादेखि सरकारसम्मका सबै पक्ष उत्तिकै महत्वपूर्ण हुने बताए ।

खतिवडाले सरकारी स्रोतमा मात्र निर्भर भएका माध्यमले थप मेहनत गरेर आफ्नो स्वायत्तता र राज्यप्रतिको उत्तरदायित्व बढाउनका लागि थप सिर्जनशील हुनुपर्ने बताए ।

सार्वजनिक माध्यमले थप मेहनत गर्नुपर्ने बेला आएको र गुणस्तरमा ध्यान दिनुपर्ने र आत्मनिर्भर बन्नुपर्ने उनले बताए । तर सरकारी माध्यम भएकै कारण सरकारको गुनगान गाउनुपर्छ भन्नेमा सरकार नरहेको उनले बताए । संविधानले पूर्ण प्रेस स्वतन्त्रतता दिएको उनले जनाए ।


प्रतिक्रिया दिनुहोस्