सिटिजन्स बैंकद्वारा डोल्पाको सरस्वति माविलाई आर्थिक सहयोग « Arthapath.com
११ फाल्गुन २०७६, आईतवार

सिटिजन्स बैंकद्वारा डोल्पाको सरस्वति माविलाई आर्थिक सहयोग



काठमाडौं । सिटिजन्स बैंकले डोल्पाको ठूलीभेरी नगरपालिका दुनैमा रहेको सरस्वति मा.वि.लाई ५० हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ । गुणस्तरीय शिक्षा प्रदान गर्दै आईरहेको विद्यालयले उक्त सहयोगले हिमाली छात्रवासमा रही अध्ययन गरिरहेका २५ जना छात्र÷छात्राहरू र महिला फिडर छात्रवासमा आवासिय रूपमा अध्ययन गरिरहेका २० जना छात्राहरुको लागि आवश्यक खाद्यान्न तथा न्यानो ओढ्ने र ओछ्याउने लुगाहरू खरिद गर्ने जनाएको छ ।

बैंकको सहयोगले विद्यार्थीहरुको जिवनस्तरमा सुधार आउने र चिसोबाट जोगिन मद्दत पुग्ने विश्वास बैंकले व्यक्त गरेको छ । नेपाल सरकारले अवलम्बन गरेको ‘सुखी नेपाली र सम्बृद्ध नेपाल’ को अवधारणालाई साकार पार्न सहयोग रकम फलदायी बन्ने विश्वास बैंकले गरेको छ ।

सिटिजन्स बैंकले ९३ वटा शाखा, ९० वटा ए.टि.एम. र १ सय ३ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव ५ लाख ग्राहकलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ


प्रतिक्रिया दिनुहोस्