राष्ट्र बैंकद्धारा २ अर्ब २३ करोड ट्रेजरी बिल जारी « Arthapath.com
१२ फाल्गुन २०७६, सोमबार

राष्ट्र बैंकद्धारा २ अर्ब २३ करोड ट्रेजरी बिल जारी



काठमाडौं । नेपाल राष्ट्र बैंकले २ अर्ब २३ करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ । राष्ट्र बैंकले ९१ दिनको लागि ट्रेजरी बिल जारी गर्न लागेको हो । आज सोमबार ३ बजे बोलकबोल हुनेछ । यो ट्रेजरी २०७७ साल जेठ १३ गते परिपक्व हुनेछ ।

सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिक समेत ट्रेजरी बिलको बोलकबोलमा सहभागी हुन सक्नेन् । बोलकबोलमा सबैभन्दा बढी मूल्य तोक्ने संस्थालाई पहिलो प्राथमिकतामा राखी क्रमैसँग आह्वान रकमसम्म ट्रेजरी बिलको बाँडफाँट हुने गर्दछ ।


प्रतिक्रिया दिनुहोस्