सिमेन्टमा आत्मनिर्भर भए पनि ठूला परियोजनामा विदेशी सिमेन्टको प्रयोग « Arthapath.com
१२ फाल्गुन २०७६, सोमबार

सिमेन्टमा आत्मनिर्भर भए पनि ठूला परियोजनामा विदेशी सिमेन्टको प्रयोग



काठमाडौं । नेपालमा सिमेन्ट उत्पादन वृद्धि भएसँगै आयातमा भारी गिरावट आएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू वर्षको ६ महिनाको तथ्यांकअनुसार गत वर्षको सोही अवधिको तुलनामा ७६ प्रतिशतले सिमेन्ट आयातमा कमी आएको हो ।

आव २०७५÷०७६ को ६ महिनामा ९ अर्ब ९३ करोडको सिमेन्ट तथा क्लिङ्कर आयात भएकोमा चालू वर्षको सोही अवधिमा २ अर्ब २२ करोड रुपैयाँमा सीमित भएको छ ।

राष्ट्र बैंकको तथ्यांकअनुसार गत आर्थिक वर्षमा १२ अर्ब ९७ करोड रुपैयाँ बराबरको सिमेन्ट तथा क्लिङ्कर आयात भएको थियो । त्यसैगरी अघिल्लो आर्थिक वर्ष २०७४÷०७५ मा ३१ अर्ब रुपैयाँ बराबरको सिमेन्ट आयात भएको थियो ।

नेपाल सिमेन्टमा आत्मनिर्भर भइसके पनि ठूला परियोजनामा भने विदेशी सिमेन्टको प्रयोग भइरहेको छ ।

मुलुकभित्रै उत्पादित स्ट्रेन्थयुक्त ४३ र ५३ ग्रेडका सिमेन्टलाई मान्यता दिने सरकारको निर्णयले उत्साहित निजी क्षेत्रले नेपालका सडकमा कालोपत्रेभन्दा अधिकतम स्थानमा सिमेन्ट उपयोग गरी स्वदेशी उद्योगलाई प्रवद्र्धनको आग्रह गर्दै आएका छन् ।


प्रतिक्रिया दिनुहोस्