‘नेपाल स्टार’लाई वाइवाईले प्रायोजन गर्ने « Arthapath.com
१२ फाल्गुन २०७६, सोमबार

‘नेपाल स्टार’लाई वाइवाईले प्रायोजन गर्ने



काठमाडौं । नेपाल टेलिभिजनका लागि ‘कि इन्टरटेन्टमेन्ट एन्ड रिसर्च प्रालिले उत्पादन गर्न लागेको नयाँ गायन रियालिटी शो ‘नेपाल स्टार’लाई वाइवाईले प्रायोजन गर्ने भएको छ ।

जसका लागि आइतबार ‘कि इन्टरटेन्टमेन्ट एन्ड रिसर्च प्रालि’का प्रमुख रवीन्द्रकुमार रिजाल र वाइवाईकोतर्फबाट चौधरी ग्रुपकका मेनेजर निर्वाण चौधरीबीच सम्झौता भएको छ ।

निर्वाण चौधरीले स्वदेशमा नै उत्पादन हुने रियालिटी शोमा स्पोन्सर गर्न पाउँदा खुसी लागेको बताए ।

रियालिटी शोमा निर्णायकका रूपमा रामकृष्ण ढकाल, आलोक श्री र अन्जु पन्त छन् । नेपाल स्टारको पहिलो चरणको अडिसन सकिएको छ । सातवटै प्रदेश र काठमाडौं गरेर ८ वटा सहरमा अडिसन लिइएको थियो


प्रतिक्रिया दिनुहोस्