सुनको भाउ ८० हजार ३ सय « Arthapath.com
१२ फाल्गुन २०७६, सोमबार

सुनको भाउ ८० हजार ३ सय



काठमाडौं । नेपाली बजारमा सुनको मूल्य एकैदिन १५ सयले बढेको छ । ७८ हजार ८ सय रुपैयाँ प्रतितोलामा आइतबार कारोबार भएको छापावाल सुन सोमबार भने १५ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन ८० हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै तेजाबी सुनको भाउ पनि १५ सय रुपैयाँ प्रतितोलाले बढ्दै ८० हजार रुपैयाँ कायम भएको छ । आइतबार भने तेजाबी सुन प्रतितोला ७८ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।

सुनसँगै सोमबार चाँदीको भाउ पनि बढेको छ । आइतबार ९ सय २० रुपैयाँमा कारोबार भएको चाँदी सोमबार भने ५ रुपैयाँले बढेर ९ सय २५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्