१ जनाको ज्यान गएपछि वीपी राजमार्ग अवरुद्ध

काठमाडौँ । गाडीको ठक्करबाट १ जनाको ज्यान गएपछि स्थानीयवासीले राजमार्ग अवरुद्ध पारेका छन् ।
बिहान खुर्कोटका ५० वर्षीय नन्दलाल श्रेष्ठको मृत्यु भएपछि आक्रोशित स्थानीयवासीले विपी राजमार्ग अवरुद्ध पारेका हुन् । उनीहरूले ठक्कर दिने गाडी पत्ता लगाएर आवश्यक कानुनी कारबाहीको माग गर्दै राजमार्ग अवरुद्ध पारेका हुन् ।
जिल्ला प्रहरीका अनुसार ठक्कर दिने गाडीको खोजी भइरहेको र अवरुद्ध राजमार्ग खोल्ने प्रयास भइरहेको बताएका छन् ।
बिहानैदेखि राजमार्ग अवरुद्ध भएपछि वीपी राजमार्ग हुँदै यात्रा गर्ने यात्रुहरू भने बिचल्लीमा परेका छन् ।