एकै वडामा १ सय ६३ बालविवाह « Arthapath.com
१२ फाल्गुन २०७६, सोमबार

एकै वडामा १ सय ६३ बालविवाह



काठमाडौं । डोटीको दिपायल सिलगढी नगरपालिका ८ लडागडामा गएको साढे ३ वर्षमा १ सय ६३ वटा बालविवाह भएको पाइएको छ ।

गैरसरकारी संस्था सामुदायिक विकास केन्द्र सीडीसी डोटीले गरेको सर्वेक्षणअनुसार २०७३ साल बैशाखदेखि अहिलेसम्म एउटै वडामा यति धेरै बालविवाह भएको पाइएको हो ।

डोटी जिल्लामा भने यस अवधिमा बालविवाह गर्नेको संख्या एक हजारभन्दा बढी रहेको छ । बालविवाह हुनेमा १ सय ३३ जना बालिका र २७ जना बालक रहेका छन् । बालविवाह हुनेमा १४ वर्षदेखि १९ वर्षसम्मका रहेका छन् । परिवारको दबावले ३१ जना, मोबाइल तथा इन्टरनेटको प्रयोगले ३३, राम्रो घर परिवारको आशमा ७ जना, चाँडो बिहे गर्ने मान्यतामा ५ जना तथा चाँडो बिहे गर्दा पुण्य प्राप्त हुने मान्यता लगायतका कारण १६३ जनाको बालविवाह भएको पाइएको छ ।


प्रतिक्रिया दिनुहोस्