७ महिनामा २८ सवारी साधन भन्सार चलान « Arthapath.com
१२ फाल्गुन २०७६, सोमबार

७ महिनामा २८ सवारी साधन भन्सार चलान



काठमाडौं । ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीले पछिल्लो ७ महिनामा सवारी चेकजाँचमा कडाई गरेसँगै चोरीका सवारी साधनमा कमी आएको छ ।

चालु आर्थिक वर्षमा पुनर्वासका विभिन्न स्थानबाट वेवारिसे र चेकजाँचका क्रममा फरक–फरक कम्पनीका २४ ओटा मोटरसाईकल, ३ ओटा स्कुटी र १ कार बरामद गरेको ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरिक्षक वकिल बहादुर सिँहले जानकारी दिए ।

बरामद सवारी साधनहरु कुनै पनि यातायात कार्यालयमा दर्ता नभएको देखिएपछि नियम प्रक्रिया पु¥याई आईतबार त्रिनगर भन्सार कार्यालय, कैलाली पठाएको प्रहरी निरिक्षक सिँहले बताए ।

तर गत आर्थिक वर्षमा भने ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीले यो भन्दा ३ गुणा कम सवारी साधन भन्सार पठाएको प्रहरी नायव निरिक्षक गोपाल बोहराले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस्