‘पैसा लिने र तिर्ने, दुबई उड्ने’ विजेता घोषणा « Arthapath.com
१२ फाल्गुन २०७६, सोमबार

‘पैसा लिने र तिर्ने, दुबई उड्ने’ विजेता घोषणा



काठमाडौं । नेपालको अग्रणी मोबाईल भुक्तानी नेटवर्क फोनपेले ‘पैसा लिने र तिर्ने, दुबई उड्ने’ योजनाका मासिक विजेता घोषणा गरेको छ । दुबई ट्रिपका लागी ग्राहकको तर्फबाट सुप्रिया शाक्य र मर्चेन्टका तर्फबाट हिमालयन किराना पसल बिजेता बन्न सफल भएको छ ।

दुबई ट्रिप जित्ने व्यक्तिले थप ३ जना व्यक्तिलाई पनि आफुसँग लैजान पाउनेछन् । विजेता २ जनवरीदेखि १ फब्रुअरीसम्म क्युआर मार्फत भुक्तानी गर्ने ग्राहक र मर्चेन्ट मध्येबाट छानिएका हुन् ।

फोन पे ले ग्राहक र मर्चेन्टका लागि नयाँ वर्ष २०२० को अवसरमा ६ महिनासम्म लागु हुनेगरी ‘पैसा लिने र तिर्ने, दुबई उड्ने’ योजना उपहार योजना सञ्चालन गरिरहेको छ ।

दैनिक ५ जना ग्राहकले एउटा कारोबारको शतप्रतिशत क्यास ब्याक प्राप्त गर्नेछन् । यस्तै ५ वटा मर्चेनटले आकर्षक उपहार प्राप्त गर्नेछन् । यसैगरी हरेक हप्ता १ जना ग्राहक र मर्चेन्टले २५ हजार रुपैयाँको मोबाईल फोन जित्न सक्नेछन् । यस उपहार योजनामा हरेक महिना एक जना ग्राहक र मर्चेन्टले दुबई ट्रिप जित्न सक्नेछन् । दुबई ट्रिप जित्ने ग्राहक र मर्चेन्टले अन्य थप तीनजनालाई पनि दुबर्ई ट्रिपमा लैजान पाउनेछन् ।

उपहार योजना जुन अन्त्यसम्म सञ्चलन हुनेछ । यस उपहार योजनामा कुल १८ सय १० जनाले शतप्रतिशत क्यासब्याक पाउनेछन् । यसैगरी साप्ताहिक दुईजनाका दरले ५० जना र प्रत्येक महिना दुईजनाका दरले १२ जनाले उपहार जित्ने मौका पाउनेछन् । फोन पे का हाल ९० हजार भन्दा धेरै मर्चेन्ट रहका छन् भने नेपालभरका ५० भन्दा बैंक तथा वित्तिय संस्थाका ८० लाख मोबाईल बैंकिङ सदस्य रहेका छन् । फोन पे ले सदस्य बैंक तथा वित्तिय संस्थामार्फत थप नेटवर्क विस्तार गर्दै लगिरहेको छ ।


प्रतिक्रिया दिनुहोस्