भारतबाट ल्याउँदै गरेको १० क्विन्टल अवैध कुखुरा बरामद

काठमाडौं । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ बाट अवैधरूपमा भारतबाट ल्याउँदै गरेको १० क्विन्टल कुखुरा सशस्त्र प्रहरीले बरामद गरी नष्ट गरेको छ ।
सशस्त्र प्रहरी बल नेपाल नं ३५ गण हेडक्वार्टर शैलेश्वरी कञ्चनपुरका सशस्त्र प्रहरी नायब निरीक्षक केशवदत्त विष्टको कमान्डमा रहेको गस्ती टोलीले मोटरसाइलमा ल्याउँदै गरेको ४ सय वटा जिउँदो (१० क्विन्टल) कुखुरा बरामद गरेको हो ।
बरामद कुखुरा रु. २ लाख ४० हजार मूल्य बराबर रहेको सशस्त्र प्रहरी बल नेपाल नं ३५ गणपति सशस्त्र प्रहरी उपरीक्षक वीरसिंह शाहले बताए ।
अवैध कुखुरा बोक्न प्रयोग गरिएका २ थान मोटरसाइलसमेत बरामद गरिएको उनले बताए । उनका अनुसार से २ प ६८३, म १ प ४६९, म २ प १२६४ र भारतीय यु.पी. ३१ वि.सी ८५०१ नंका मोटरसाइकल बरामद गरिएको छ ।