सिटिजन्स बैंकद्वारा ज्ञानचक्षुलाई आर्थिक सहयोग « Arthapath.com
१२ फाल्गुन २०७६, सोमबार

सिटिजन्स बैंकद्वारा ज्ञानचक्षुलाई आर्थिक सहयोग



काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले धरान उप–महानगरपालिका १५ ज्ञानचक्षु मार्ग स्थित पूर्वाञ्चल ज्ञानचक्षु विद्यालयलाई ८० हजार आर्थिक सहयोग गरेको छ ।

विद्यालयले दृष्टिविहिन, न्यूनदृष्टि लगायत बहुअपाङ्ग बालबालिकाहरुको लागि गुणस्तरीय शिक्षा प्रदान गर्दै आईरहेको छ । शारिरिक रुपमा अशक्त विद्यार्थीहरूलाई विशेष माध्यमद्वारा अध्ययन अध्यापन गराईने यस विद्यालयले सम्पूर्ण विद्यार्थीहरु आवासीय रूपमा रही अध्ययन गर्ने व्यवस्था मिलाएको छ ।

विद्यालयको छात्रवासमा विद्यार्थीहरु भुईमा बसेर पढ्न जाडोको समयमा कस्टप्रद हुने भएकोले उक्त सहयोग रकमबाट छात्रवासमा न्यानो कार्पेट राख्नुका साथसाथै शारिरिक रुपमा अशक्त विद्यार्थीहरूको लागि पानी फिल्टर गर्ने यन्त्रको खरिद गर्ने विद्यालय प्रशासनले जनाएको छ ।

शुद्ध खानेपानीको अभावमा पठन पाठनमा भई रहेको अवरोधलाई अन्त्य गर्न यस किसिमको सहयोगले टेवा पुग्ने विश्वास बैंकले लिएको छ । यस किसिमको सहयोगबाट त्यहाँ अध्ययन गर्दे आएका विद्यार्थीहरुको जिवनस्तरमा सुधार आउने तथा चिसोबाट जोगिन मद्दत हुनेछ ।

९३ वटा शाखा, ९० वटा ए.टि.एम. र १ सय ३ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव ५ लाख ग्राहकलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।


प्रतिक्रिया दिनुहोस्