क्लासिक टेक र प्रभु टिभीको “आयो है आयो” बजारमा « Arthapath.com
१३ फाल्गुन २०७६, मंगलवार

क्लासिक टेक र प्रभु टिभीको “आयो है आयो” बजारमा



काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेक र प्रभु टिभीले सहकार्य गर्ने भएको छ । कम्पनीले उच्च गुणस्तरको इन्टरनेट साथै टिभी सेवा क्लासिक प्रभु टिभीको नाममा बजारमा ल्याएको हो ।

लामो समयदेखि गुणस्तरीय इन्टरनेट तथा टिभी सेवा माग गरिरहेको ग्राहकहरुलाई ठूलो राहत पुग्ने कम्पनीले जनाएको छ । हाल यो सेवा काठमाडौँ उपत्यकालगायत प्रायः सबैजसो सहरहरुमा उपलब्ध गराइएको छ ।

अब क्लासिक टेक र प्रभु टिभीको सहकार्यकमा विशेष स्किम “आयो है आयो” बजारमा आएको छ ।

कम्पनीले ३० एमबीपीएस गतिको ’आयो है आयो’ प्लान प्रतिमहिनाको दरमा ९ सय रूपैयाँ वार्षिक शुल्कमा ग्राहकहरुलाई उपलब्ध गराउने भएको हो । टिभीको सुविधा निस्शुल्क प्रदान गर्ने भएको छ । नेपालमा यति कम मूल्यमा इन्टरनेट तथा टिभीको सुविधा उपलब्ध गराइएको यो पहिलो पटक हो ।


प्रतिक्रिया दिनुहोस्