भारत जानलाई ‘मास्क’ अनिवार्य « Arthapath.com
१३ फाल्गुन २०७६, मंगलवार

भारत जानलाई ‘मास्क’ अनिवार्य



काठमाडौं । कञ्चनपुरको पश्चिमी नाका गड्डाचौकीबाट भारत जाने नेपालीले नेपाल–भारत सीमामा भारतीय सुरक्षाकर्मीले ‘मास्क’ लगाउन अनिर्वाय गरेको छ । कोरोना भाइरसको सङ्क्रमण रोकथाम गर्न भारतीय पक्षले सीमा क्षेत्रमा मास्क लगाएर मात्रै आवातजावत गर्न आग्रह गरिरहेको छ ।

भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले भारत आउने जाने सबैलाई माष्क अनिर्वाय गरेको इलाका प्रहरी कार्यालय गड्डाचौकीले जनाएको छ । भारतीय पक्षले सिमानामा चिकित्सकसहितको स्वास्थ्यकर्मीको टोली पनि परिचालन गरेको छ ।
मास्क अनिर्वाय गरेपछि गड्डाचौकीदेखि एसएसबी क्याम्पसम्म माष्कको व्यापार बढेको स्थानीयको व्यापारीको भनाइ छ । त्यसैगरी पछिल्ला केही दिनयता भारतीय सुरक्षाकर्मीले नेपाली सवारीसाधन माथिको जाँचमा कडाइ गरेको छ ।


प्रतिक्रिया दिनुहोस्