काठमाडौं महानगरपालिकाद्धारा सैनिक अस्पताललाई १ करोड ५० लाख सहयोग « Arthapath.com
१३ फाल्गुन २०७६, मंगलवार

काठमाडौं महानगरपालिकाद्धारा सैनिक अस्पताललाई १ करोड ५० लाख सहयोग



काठमाडौं । काठमाडौं महानगरपालिकाले बीरेन्द्र सैनिक अस्पताललाई १ करोड ५० लाख रुपैयाँ सहयोग गरेको छ । महानगरपालिकाका प्रमुख बिद्यासुन्दर शाक्यले जङ्गी अड्डाको कल्याणकारी योजना निर्देशनालयका निर्देशक सहायक रथी सागरबहादुर के. सी. लाई उक्त रकम दिएका हुन । पुष २ गते महानगर र नेपाली सेनाबीच सम्झौता पत्रमा हस्ताक्षर भएको थियो । सम्झौताबमोजिम माघ ७ गतेबाट महानगरको शिफारिसमा हेमोडाईलासिस सेवा शुरु भइसकेको छ ।

यो सेवा लिनेमा वडा १५ डल्लुकी ६४ बर्षिया चन्द्र महर्जन पहिलो लाभग्राही हुनुहुन्छ । त्यसपछि वडा १५ स्वयम्भूकी ४७ बर्षिया सुवर्णमैयाँ ताम्राकार (स्थापित) र वडा २३ ओमबहालकी ७५ बर्षिया लक्ष्मी श्रेष्ठले हेमोडाइलासिस गराइरहेकी छिन ।

यो रकम सेवा शुरुवात गर्नका लागि हो । यसपछि सेवा बिस्तार गर्न आवश्यक पूर्वाधार, मेसिन तथा उपकरण र जनशक्ति सम्बन्धि नेपाली सेनाले योजनासहितको खाका उपलब्ध गराएपछि कार्य प्रगतिका आधारमा महानगरले थप १ करोड ५० लाख रुपैयाँ उपलब्ध गराउनेछ । यसरी उपलब्ध गराएको रकमबाट निर्माण भएको संरचना वा शुरु भएको सेवामा सेनाले महानगरको सहयोगमा सञ्चालित भनेर उल्लेख गर्नेछ ।


प्रतिक्रिया दिनुहोस्