१८ गते धनगढीमा विकास सम्मेलन « Arthapath.com
१५ फाल्गुन २०७६, बिहीबार

१८ गते धनगढीमा विकास सम्मेलन



काठमाडौं । धनगढी उपमहानगरपालिकाले विकास सम्मेलन गर्ने भएको छ । जसको तयारी पूरा भएको छ । उप–महानगरपालिकाले १८ गते विकास सम्मेलन गर्ने जनाएको छ । धनगढी उप–महानगरपालिकाका प्रमुख नृपहादुर वडले विकास सम्मेलनले धनगढीको विकासका लागि दिशानिर्देश गर्ने बताए ।

सम्मेलनमा उपमहानगरपालिकाले पहिचान गरेका सामाजिक, आर्थिक, भौतिक विकास र वातावरणको संरक्षणका आधारमा केही मुख्य प्रोजेक्ट प्रस्तुत हुने नगर प्रमुख वडले जानकारी दिए । यस्तै विकास सम्मेलनमा नगरबासीहरुले भोग्नु परेका दैनिक समस्याहरुलाई सम्बोधन गर्नका लागि धनगढी शहरलाई बस्न योग्य बनाउन एउटा मेगा प्रोजेक्ट प्रस्तुत गरीने छ ।

धनगढी उप–महानगरपालिकाका उप–प्रमुख सुशीला मिश्र भट्टका अनुसार नगरको विकासका लागि नागरीक संग विकासका परियोजनाका लागि खुल्ला आह्वान गरि उत्कृष्ट ३ जनालाई पुरस्कृत गरि पहिलो हुनेलाई आफ्नो परियोजना प्रस्तुत गर्न सम्मेलनमा अवसर दिईने छ ।

नगरको विकासका लागि ज्ञान र स्रोत बढाउनलाई विकासको साझेदारहरुको दायरा फराकिलो बनाईने लगायतका विषयवस्तुहरु समावेश गरिने उप–प्रमुख भट्टले बताईन्। प्रस्तुत गरिने परियोजनाहरु सम्बन्धित क्षेत्रका बिशेषज्ञहरुलाई समुन्वय गरी द्रूत प्रभाब छोटो अबधि र लामो अबधि गरि तिन भागमा पहिचान गरीने बताईएको छ ।


प्रतिक्रिया दिनुहोस्