एनसेलले रिचार्ड कार्डमा १२० प्रतिशत बोनस दिने

काठमाडौँ । दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले अब रिचार्ज कार्डमा १२० प्रतिशतसम्म बोनस दिने भएको छ ।
कम्पनीबाट बिहीबार जारी सूचनाअनुसार एनसेलले हरेक रिचार्जमा १२० प्रतिशत बोनस दिन लागेको हो । प्राप्त बोनस रकमबाट तीन दिनसम्म एनसेल नेटवर्कभित्र कल, एसएमएस र इन्टरनेट चलाउन सकिने छ ।
त्यस्तै एनसेलले आफ्ना ग्राहकहरूका लागि २९३ रुपैयाँमा ७ दिनका लागि १५ जिबी डाटा समेत दिने भएको छ । यो डाटा मध्यराति १२ बजेदेखि बेलुका ६ बजे १८ घण्टा चलाउन सकिने एनसेलले बताएको छ ।
त्यस्तै एनसेलले आफ्नो साबिकको सापटी सेवामा शतप्रतिशत वृद्धि गर्दै लोक झिक्न मिल्ने समेत बनाएको छ । जसअनुसार अब ग्राहकले ८० रुपैयाँ सापटी लिन सक्नेछन् ।
कोरोना भाइरसका कारण भएको लकडाउन र त्यसले आमसर्वसाधारणको परेको असर कम गर्न मद्दत गर्ने उद्देश्यले यी सेवाहरू ल्याएको एनसेलले जनाएको छ ।