कोरोना सङ्क्रमण रोकथाम कोषमा खानेपानी बोर्डको ३ लाख सहयोग « Arthapath.com
१८ चैत्र २०७६, मंगलवार

कोरोना सङ्क्रमण रोकथाम कोषमा खानेपानी बोर्डको ३ लाख सहयोग



हेटौंडा । बागमती प्रदेश सरकारले स्थापना गरेको कोरोना भाईरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा हेटौंडा खानेपानी ब्यबस्थापन बोर्डले ३ लाख रुपैयाँ सहयोग गरेको छ ।

बोर्ड र कर्मचारीको तर्फबाट सङ्कलित ३ लाख १९ रुपैयाँ सहयोग गरेको हो । मंगलबार बिहान बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई सहयोग रकम हस्तान्तरण गरिएको हो ।

हेटौंडा खानेपानी व्यवस्थापन बोर्डका अध्यक्ष प्रताप विष्ट, बोर्डका निमित्त कार्यकारी निर्देशक सुदर्शन ढकाललगयतको टोलीले रकम हस्तान्तरण गरेको हो ।


प्रतिक्रिया दिनुहोस्