स्याङ्जामा गाउँ नै क्वारेन्टाइनमा « Arthapath.com
१८ चैत्र २०७६, मंगलवार

स्याङ्जामा गाउँ नै क्वारेन्टाइनमा



स्याङ्जा । सरकारले विदेशबाट आएकालाई दुई हप्ता (१४ दिन) क्वारेन्टाइनमा बस्न भनिरहदाँ स्याङ्जामा एउटा गाउनै क्वारेन्टाइनमा बसेको छ ।

कोरानो भाइरस (कोभिड १९) महामारीबाट बच्ने र बचाउने उदेश्यले बिरुवा गाउँपालिका १ को कार्की डाडाँलाई क्वारेन्टाइनमा राखिएको हो । कार्कीडाडाँका दुई युवा चैत्र ६ गते काठमाडौ आएर चैत्र ९ गते गाउँमा आएपछि पुरै गाउँ डुलेको तथा चैत्र १५ गते पोखराको मनिपालमा एक जना छिमेकीको मृत्यु पश्चात बसमा गाउले सगै युवा पनि मलामी गएपछि गाउलाई नै वडाले क्वारेन्टाइनमा बस्न लगाएको हो ।

कार्की डाडाँमा रहेको २८ घर धुरीका एक सय ४३ जना क्वारेन्टाइनमा बसेको वार्ड सदस्य ठाकुर प्रसाद वाग्लेले बताउनुभयो । चैत्र १५ गते युवा र गाउँले सगँसगै मलामी गएपछि एक दिन पश्चात छलफल गरी १७ गतेबाट क्वारेन्टाइनमा राखिएको बताउदै वाग्लेले भन्नुभयो –“गाउँ बचाउने प्रयास गरिएको हो । ”

धेरै जना भएकाले सबै आ आफ्नो घरमा क्वारेन्टाइनमा बसको बताउदै वाग्लेले गाउँमा कुनै सस्या रहेमा वार्ड र गाउँपालिकाले सहयोग गर्ने बताउनुभयो । सरकारले बिदेशबाट आउने क्वारेन्टाइनमा बस्नुपर्ने बताएपछि र युवा तथा उनिहरुको सम्पर्कमा आएका सबैलाई क्वारेन्टाइनमा राखिएको हो । टोललाई स्वास्थ्यकर्मी, जनप्रतिनिधी, प्रहरीको निगरानीमा टोललाई क्वारेन्टाइना राखिएको र १४ दिन सम्म राखिने वाग्लले बताउनुभयो ।

यहाँ रहेका ११ पालिकामा करिब पाचँ सय जना होम तथा पालिकाले निर्माण गरेको क्वारेन्टाइनमा बसेको भएपछि टोलै बसेको जिल्लामा पहिलो हो ।

घरमै बसेको आफ्नै सुरक्षाको लागि भएकाले पालना गरेको बताउदै स्थानिय समाजसेवी तारा कार्कीले पशुलाई सामान्य घास काट्नै काम गरेको बताउनुभयो ।

रोग आउन भन्दा पहिला सर्तकता अपनाउन पर्ने भएकाले ठिकै भएको र दुई हप्ता क्वारेन्टाइनमा बस्ने कार्कीले बताउनुभयो । क्वारेन्टाइनमा बस्दाँ बच्चा र बृद्धाहरुलाई अहि असहज भएको बताउदै कार्कीले सबैले नियमको पालना गरेको बताउनुभयो ।गोरखापत्र अनलाईन


प्रतिक्रिया दिनुहोस्