लकडाउनले भन्सारको राजश्व लक्ष्य प्रभावित « Arthapath.com
१८ चैत्र २०७६, मंगलवार

लकडाउनले भन्सारको राजश्व लक्ष्य प्रभावित



विराटनगर । कोरोना भाइरस (कोभिड १९)का कारण सरकारले लकडाउन गरेपछि त्यसको असर भन्सार क्षेत्रमा समेत परेको छ ।

गत चैत्र ११ देखि सुरु भएको लकडाउनका कारण १७ गते सोमबारसम्म विराटनगर भन्सार कार्यालयले २२ करोड ५० लाख रुपैयाँ राजश्व संकलन गरेको छ । लकडाउन भएयता ७ दिनको यस आँकडा अनुसार भन्सारको चैत्र महिनाको ३ अर्ब ६४ करोड रुपैयाँ राजस्व संकलन लक्ष्य प्रभावित हुने देखिएको छ ।

एकीकृत जाँच चौकीस्थित भन्सारका प्रवक्ता गोपीकृष्ण उप्रेतीका अनुसार यसबीच आइतबार सर्वाधिक १ सय ७ वडा मालवहाक सवारी पास भएको छ। त्यसैगरि, लकडाउनयता यस नाकाबाट शुक्रबार ३९ ट्याकर पेट्रोल, १७ ट्याकर डिजेल र १९ बुलेट ग्याँस नेपाल भित्रएको छ ।

उप्रेतीका अनुसार शुक्रबार जम्मा १७ वटा इन्धनका सवारी भित्रिएको छ। त्यसैगरि, शनिबार १३ वटा ग्यासको बुटेल भित्रिएदेखि आइसिपीबाट हालसम्म इन्धन भित्रिएको छैन ।

भन्सार कार्यालयका अनुसार लकडाउन सुरुहुन पूर्व हिँडेका सवारीसाधन हालसम्म भित्रिएका हुन्। तथापी हालसम्म हरियो तरकारी तथा फलफूल भने भित्रिनै रहेको कार्यालयले जनाएको छ । सोमबार ५४ वटा मालवहाक सवारी नेपाल भित्रिएको छ। जसमा ७ ट्रक आलु, १ ट्रक प्याज, २ ट्रक मकै, क्रुड तेल तथा औद्योगिक सामान रहेको छ ।

यसरी भित्रिने सवारी तथा चालकको स्वास्थ्य उपचार परीक्षणका लागि महानगरपालिकाले हेल्पडेस्क राखेको छ । उनीहरुद्धारा चालकहरुको ज्वरो नाप्नेमात्र काम भइरहेको छ । देश सञ्चार


प्रतिक्रिया दिनुहोस्