नेपाल ग्यासले उपत्यकाका ६ वटा चोकमा राखेर ग्यास बेच्ने « Arthapath.com
१८ चैत्र २०७६, मंगलवार

नेपाल ग्यासले उपत्यकाका ६ वटा चोकमा राखेर ग्यास बेच्ने



काठमाडौं । नेपाल ग्यासले अति समस्यामा परेका ग्राहकलाई उपत्यकाका विभिन्न स्थानबाट ग्यास बिक्री गर्ने भएको छ । बालाजु औद्योगिक क्षेत्रको गेटबाट ग्यास बिक्री गर्दै आएको कम्पनीले उपत्यकाको विभिन्न स्थानमा मिति तोकेरनै ग्यास बेच्न लागेको हो ।

कम्पनीका कार्यकारी निर्देशक गोकुल भण्डारीले उपभोक्ताले खाना पकाउनै नपाएको अवस्थालाई ध्यानमा राखेर ग्यास बिक्री गर्न लागेको जानकारी दिए

चावहिल चोक र वाफल चोकमा बुधबार ग्यास बिक्री गरिनेछ । सुरक्षाकर्मीको समन्वयमा त्यो क्षेत्रमा ५ सय ६० सिलिण्डर ग्यास बिक्री गरिने छ । कोटेश्वर र वानियाँटार चोकमा विहिबार ग्यास बिक्री गरिने छ ।

भनिमण्डल चोक र महाराजगंज चोकमा शुक्रबार ग्यास बिक्री गरिने छ ।


प्रतिक्रिया दिनुहोस्