लकडाउन उल्लंघन गर्ने एक हजार ५८ जना उभ्याइए « Arthapath.com
१९ चैत्र २०७६, बुधबार

लकडाउन उल्लंघन गर्ने एक हजार ५८ जना उभ्याइए



काठमाडौं । विश्वभरि कोरोनाको सन्त्रास र महामारी फैलिरहेको छ । यसबाट नेपाल अछुत रहन सकेको छैन । नेपालमा कोरोना भाईरस संक्रमण भएका पाँच जना रहेका छन । एक जना निको भएर घरमा छन भने अन्य चार जना उपचाररत रहेका छन ।

सरकारले कोरोना रोकथाम तथा नियन्त्रण गर्नको लागि लकडाउन जारि गरेको छ । यो लकडाउन चैत २५ गतेसम्म रहने छ भने आवश्यक परेमा थप गर्न सक्ने छ ।

प्रहरीले लकडाउन उल्लंघन गरेको आरोपमा बुधबार बिहान ८ बजेसम्म एक हजार एक सय ५८ जनालाई उभ्याएको छ ।

काठमाडौं, भक्तपुर र ललितपुरका विभिन्न क्षेत्रबाट उनीहरुलाई उभ्याएर कोरोना (कोभिड–१९) भाइरसबारे सचेतनामूलक परीक्षण दिइएको हो ।

महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरीका अनुसार लकडाउन उल्लंघन गर्नेमा १ सय ६८ जना महिला र ९ सय ९० जना पुरुष छन् । यो अवधिमा एक सय ५३ वटा सवारीसाधन पनि होल्ड गरिएका छन् ।


प्रतिक्रिया दिनुहोस्