फेरी बढ्यो अमेरिकी डलर र कतारी रियालको भाउ (तालिकासहित)

काठमाडौं । कोरोना भाईरसका कारण अमेरिकी डलरको भाउ बढेको छ ।
नेपाल राष्ट्र बैंकले बुधबार एक अमेरिकी डलरको खरिददर १२० रुपैयाँ ७६ पैसा र बिक्रीदर १२१ रुपैयाँ ३६ पैसा निर्धारण गरेको छ । मंगलबार एक अमेरिकी डलरको खरिददर १२० रुपैयाँ ६८ पैसा र बिक्रीदर १२१ रुपैयाँ २८ पैसा थियो । कोरोना भाइरसको संक्रमणपछि अमेरिकी डलर थप मजबुत हुँदै गएको छ ।
त्यस्तै एक कुवेती दिनारको खरिददर ३ सय ८३ रुपैयाँ ७२ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ८५ रुपैयाँ ६२ पैसा तोकिएको छ ।
त्यसैगरी एक कतारी रियालको खरिददर ३३ रुपैयाँ १७ पैसा तोकिएको छ भने बिक्रिदर ३३ रुपैयाँ ३३ पैसा तोकिएको छ । आज एक युएई दिरामको खरिददर ३२ रुपैयाँ ८८ पैसा तोकिएको छ भने बिक्रिदर ३३ रुपैयाँ ४ पैसा तोकिएको छ ।त्यसैगरी एक अष्ट्रेलियन डलरको खरिददर ७३ रुपैयाँ ५३ पैसा तोकिएको छ भने बिक्रिदर ७३ रुपैयाँ ८९ पैसा तोकिएको छ ।
त्यस्तै कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ८६ पैसा तोकिएको छ भने बिक्रीदर ९ रुपैयाँ ९१ पैसा तोकिएको छ । एक बहराईन दिनारको खरिददर ३ सय २० रुपैयाँ २७ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय २१ रुपैयाँ ८६ पैसा तोकिएको छ ।
त्यसैगरी एक साउदी रियालको खरिददर ३२ रुपैयाँ ९ पैसा तोकिएको छ भने बिक्रिदर ३२ रुपैयाँ २५ पैसा तोकिएको छ । त्यस्तै एक मलेसियन रिँगिटको खरिददर २७ रुपैयाँ ९५ पैसा तोकिएको छ भने बिक्रिदर २८ रुपैयाँ ९ पैसा तोकिएको छ । आज एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ४९ रुपैयाँ २७ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ५० पैयाँ १ पैसा तोकिएको छ।
