बोतलको पानी अब १० रुपैयाँमै पाइने, घरमा पनि पुर्याईदिने

काठमाडौं । नेपाल बोतल वाटर संघले २० रुपैयाँ प्रतिलिटरमा बेच्दै आएको बोतलको पानी ५० प्रतिशत मुल्य घटाएर बेच्न सुरु गरेको छ ।
बुधबारदेखि १० रुपैयाँ प्रति लिटरमा बेच्न सुरु गरेको हो । आजैबाट १० रुपैयाँ प्रतिलिटरमा बेच्न सबै उद्योगहरुलाई सर्कुलर जारी गरिएको नेपाल बोतल वाटर संघका अध्यक्ष सुवास भण्डारीले जानकारी दिए । उनका अनुसार, लक डाउन अवधीभर १० रुपैयाँ प्रति वोतल पानी बेच्न लागिएको हो । खुद्रा बजारमा भने किन्दा १० रुपैयाँमा पाइने छैन ।
यसका लागि उपभोक्ताले पानी प्रशोधन गर्ने फ्याक्ट्रीमा अर्डर गर्नुपर्छ । फ्याक्ट्रीले घरमै निशुल्क डेलिभरि गरिदिन्छ। तर डेलिभरिका लागि कम्तीमा एक कार्टुन पानी अर्डर गर्नुपर्छ। एक कार्टुनमा १२ वटा वोतल हुन्छ । पहिले २४० रुपैयाँ खुद्रा मुल्य थियो। अब १२० रुपैयाँ तिरे पुग्छ ।
पानी अर्डर गर्नका लागि आफ्नो नजिकैको पानी उद्योगहरुमा सम्पर्क राख्न सकिने महासंघले जनाएको छ ।
चाल्नाखेलमा सुदिप बस्नेत: ९८५१२४६५५१
ललितपुर क्षेत्रमा राम बराल:९८४१८८९८६५
जोरपाटी क्षेत्रमा कुमार श्रेष्ठ:९८५१०२९१५९
भक्तपुरमा राम सुवाल:९८५१००८६३४
बनेपामा विशाल श्रेष्ठ ९८०१००४५६४
गोगबु क्षेत्रमा धुर्व गौतम:९८५१०२९६४९
बुढानिलकण्ठमा धर्म:९८५११५२४२२ मा सम्पर्क गरेर अर्डर गर्न सकिन्छ ।