थुनुवा कक्षबाटै तीन जना थुनुवा भागे « Arthapath.com
२० चैत्र २०७६, बिहीबार

थुनुवा कक्षबाटै तीन जना थुनुवा भागे



काठमाडौं । सुर्खेतमा तीन जना थुनुवा भागेका छन । जिल्ला प्रहरी कार्यालय सुर्खेतको थुनुवा कक्षबाट तीन जना थुनुवा फरार भएका हुन । उनीहरु राती झ्यालबाट फरार भएपनि प्रहरीले भने विहान मात्रै थाहा पाएका हुन ।

पक्की थुनुवा घरको पछाडिको झ्याल फोडेर भागेका तीनै जना लागु औषध मुद्दामा पक्राउ परेकाहरू थिए । फरार हुनेहरुमा वीरेन्द्रनगर ६ का २६ वर्षीय रोशनराज रेग्मी, २० वर्षीय सुनिल थारु र भेरीगंगा नगरपालिकाका २१ वर्षीय सन्देश कशेरा रहेका छन् ।


प्रतिक्रिया दिनुहोस्