कोरोना नियन्त्रण कोषमा कर्मचारी सञ्चय कोषको ५ करोड सहयोग « Arthapath.com
२१ चैत्र २०७६, शुक्रबार

कोरोना नियन्त्रण कोषमा कर्मचारी सञ्चय कोषको ५ करोड सहयोग



काठमाडौं । विश्वभरि फैलिरहेको कोरोना भाईरसविरुद्ध कर्मचारी सञ्चय कोषले ५ करोड सहयाृग गरेको छ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणको लागि ५ करोड रूपैंया आर्थिक सहयोग गरेको सञ्चय कोषले जानकारी दिएको छ ।

बैंकले संस्थागत सामाजिक उत्तर दायित्वअन्तर्गत विश्वव्यापी रूपमा महामारी फैलाएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणलाई फैलिन नदिनतथा सो को रोकथाम एवम् नियन्त्रणको लागि नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयद्धारा स्थापना गरिएको कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचार कोषमा ५ करोड रूपैंया आर्थिक सहयोग गरेको हो ।

कर्मचारी सञ्यच कोषको संचालक समितिको अध्यक्षमा (अर्थसचिव राजस्व) का रामशरण पुडासैनीलाई नेपाल सरकाले नियुक्त गरको छ । पुडासैनी कोषको अध्यक्ष नियुक्ति भएसँगै बुधबार साँझ बसेको पहिलो बैठकले कोरोना नियन्त्रणको लागि ५ करोड रुपैयाँ सहयोग गरेको हो ।


प्रतिक्रिया दिनुहोस्