अमेरिकी डलरको मूल्यमा बृद्धि,अरु देशको कति ? « Arthapath.com
२३ चैत्र २०७६, आईतवार

अमेरिकी डलरको मूल्यमा बृद्धि,अरु देशको कति ?



काठमाडौं । कोरोना भाईरसका कारण अमेरिकी डलरको मूल्य बढेको छ । डलरको भाउ आइतबार फेरि बढेको छ । नेपाल राष्ट्र बैंकले आइतबार एक अमेरिकी डलरको खरिददर १२१ रुपैयाँ ५८ पैसा र बिक्रीदर १२२ रुपैयाँ १८ पैसा निर्धारण गरेको छ ।

शुक्रबार एक अमेरिकी डलरको खरिददर १२० रुपैयाँ ६० पैसा र बिक्रीदर १२१ रुपैयाँ २० पैसा थियो । उच्च विन्दुमा पुगेपछि डलरको भाउ तलमाथि हुने क्रम जारी छ ।


प्रतिक्रिया दिनुहोस्