भक्तपुरमा परिसंघको सहयोग « Arthapath.com
२३ चैत्र २०७६, आईतवार

भक्तपुरमा परिसंघको सहयोग



काठमाडौं ।  नेपाल उद्योग परिसंघ विभिन्न तहका सरकार मानवीय सहायताका संस्थाहरुसंग सहकार्य गर्दैकोरोना भाईरसका कारण उत्पन्न विषम परिस्थितीसंग जुध्न आवश्यक खाद्यान्न सामाग्री वितरणलाई जारी राखेको छ । विविध कारणले खाद्य सामाग्री अभाव भएकाहरुलाई परिसंघले केन्द्र, प्रदेश सरकार तथा स्थानीय निकायसंग समन्वय गरि खाद्य सामाग्री उपलब्ध गराउने प्रयास गरिरहेको छ ।

आज भक्तपुर स्थित आफ्नो घर आश्रम नेपालु तथा मावीय आस्था नपालुलाई परिसंघका अध्यक्ष सतिशकुमार मोरले खाद्यान्न समाग्री हस्तान्तरण गर्नु भएको छ । यी संसथाहरुले सडक वालवालिका, विपन्न तथा खान नपुग्नेहरुलाई आश्रय दिने गरेका छन् । त्यस्तै स्थानीय निकाससंगको समन्वयमा मनोहरा आसपासका क्षेत्रमा बसोवास गर्ने विपन्न वर्गमा समेत खाद्यान्न वितरण गिरएको थियो ।दाल, चामल, नुन, तेल लगायत अन्य अत्यावश्यकीय सामाग्री रहेका प्यकेटहरु वनाई हस्तान्तरण तथा वितरण गरिएको हो । नेपालका सवै प्रदेश लगायत काठमाण्डौ, ललितपुर तथा भक्तपुरका विभिन्न स्थानहरुमा यस्ता राहत सामाग्रीहरु उपलब्ध गराईने छन् ।

यस्तो विषम परिस्थितीमा आफ्ना सदस्य प्रतिष्ठानहरुलाई दैनिक उपभोग्य वस्तु तथा अत्यावश्यकीय सामानहरुको उत्पादनलाई निरन्ता दिदै सोको आपुर्ति व्यवस्थालाई दुरुस्त राख्न समेत आर्दिक आग्रह गर्दछ । यस्ता कारखाना तथा उद्योग संचालनमा सहजता ल्याउन त्यहाँ काम गर्ने मजदुर तथा कर्मचारीको आवागमनलाई समेत सहज गराउन सम्बद्ध सवैमा अपिल समेत गर्दछ ।


प्रतिक्रिया दिनुहोस्