परिसंघको सहयोग जारी « Arthapath.com
२३ चैत्र २०७६, आईतवार

परिसंघको सहयोग जारी



काठमाडौं । नेपाल उद्योग परिसंघ सरकारसंग सहकार्य गर्दै कोरोना भाईरसका कारण उत्पन्न विषम परिस्थितीसंग जुध्न लागि परेको छ । दैनिक मजदुरी गरेर खाने, अनौपचारिक क्षेत्रमा काम गर्ने तथा अन्य विविध कारणले समेत खाद्य सामाग्री अभाव हुन नदिन परिसंघले केन्द्र, प्रदेश सरकार तथा स्थानीय निकायसंग समन्वय गरि खाद्य सामाग्री लगायत अत्यावश्यकीय सामान उपल्ध गराउने कार्य गरिरहेको छ ।

आज एक कार्यक्रममा प्रदेश नं ५ उद्योग परिसंघूका संयोजक एजाज आलमले पाँच नं प्रदेशका मुख्यमन्त्री शंकर पोखरेललाई राहत सामाग्री उपलब्ध गराउनु भएको छ । त्यस्तै आजै परिसंघका अध्यक्ष सतिश कुमार मोर तथा उपाध्यक्ष शुलभ अग्रवालले ललीतपुर महानगर पालिका वडा नं १२ का वडा अध्यक्ष नारायण अवालेलाई राहत सामाग्री हस्तान्तरण गर्नु भएको छ । दुवै स्थानमा दाल, चामल, नुन, तेल लगायत अन्य अत्यावश्यकीय सामाग्री रहेका एक एक हजार थान प्यकेटहरु हस्तान्तरण गरिएको हो । नेपालका सवै प्रदेश लगायत काठमाण्डौ, ललितपुर तथा भक्तपुरका विभिन्न स्थानहरुमा यस्ता राहत सामाग्रीहरु उपलब्ध गराईने छन् ।

यस्तो विषम परिस्थितीमा आफ्ना सदस्य प्रतिष्ठानहरुलाई दैनिक उपभोग्य वस्तु तथा अत्यावश्यकीय सामानहरुको उत्पादनलाई निरन्ता दिदै सोको आपुर्ति व्यवस्थालाई दुरुस्त राख्न समेत आर्दिक आग्रह गर्दछ । यस्ता कारखाना तथा उद्योग संचालनमा सहजता ल्याउन त्यहाँ काम गर्ने मजदुर तथा कर्मचारीको आवागमनलाई समेत सहज गराउन सम्बद्ध सवैमा अपिल समेत गर्दछ ।


प्रतिक्रिया दिनुहोस्