मेरो माइक्रोफाइनान्सद्धारा कोरोना बिरुद्ध साढे ३५ लाख आर्थिक सहयोग « Arthapath.com
२ बैशाख २०७७, मंगलवार

मेरो माइक्रोफाइनान्सद्धारा कोरोना बिरुद्ध साढे ३५ लाख आर्थिक सहयोग



काठमाडौं । मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले विश्वव्यापी महामारीको रुपमा फैलिरहेको नोवल कोरोना भाइरसको संक्रमण रोकथाम नियन्त्रण तथा उपचारका लागि संघीय सरकारले स्थापना गरेको कोषमा रू. २५ लाख ६० हजार ७ सय १९ रुपैयाँ सहयोगको गर्ने निर्णय गरेको छ ।

त्यस्तै लकडाउनको समयमा दैनिक दुई छाक टार्न पनि समस्यामा परेका अतिविपन्न परिवारहरुलाई खाद्यान्न व्यवस्थापनको लागी १० लाख एक सय ११ रुपैयाँ सहयोग गर्ने निर्णय गरेको हो । कोरोना विरुद्धको २५ लाख ६० हजार ७ सय १९ र विपन्न तथा गरिव बर्गका खाद्यान्न सहयोगका लागि १० लाख एक सय ११ गरि कुल ३५ लाख ६० हजार ८ सय २० रुपैयाँ सहयोग गर्ने निर्णय गरिएको हो ।

यस बित्तीय संस्थाले प्रदान गरेको उक्त रकमले सरकारको कोरोना भाईरस रोकथाम तथा नियन्त्रणको प्रयासमा सहयोग पुर्याउन र दैनिक ज्याला मजदुरीको कार्य गरी दैनिक जिवनयापन गर्दै आएको हालको विपद्मा प्रभावित संस्थामा आवद्ध अतिविपन्न समूह सदस्यहरुलाई तत्काल राहत पुर्याउन थोरै भएपनि सहयोग पुग्ने विश्वास गरेको प्रमुख कार्यकारी अधिकृत रामहरी दाहालले बताए ।


प्रतिक्रिया दिनुहोस्